

सुर्खेत । कालिकोट नरहरीनाथ गाउँपालिकाको खुलालुमा मालबाहक ट्रकको पट्टा भाचिएर ट्रकबीच सडकमा रोकिदा सडक नै अबरुद्व भएको छ ।
सुर्खेत बाट सिमेन्ट लिएर गएको भे १ ख १८९८ को मालबाहक ट्रकको याक्सल पट्टा भाचिएर आवत जावत गर्न कठिन भएको यात्रुहरुले गुनासो गरेका छन् ।
उक्त मालवाहक ट्रक आज बिहान ६ बजेबाट रोडको बीच भागमा थन्किएको र अहिले सम्म नबनेका कारण यात्रुहरुको बिचल्ली भएको सोहि ठाउँमा स्थानीय बहादुर बिश्वकर्माले जानकारी दिए ।
अहिले दुई तर्फका यात्रुहरु रोडमा भरिभराउ भएपछी स्थिती तनाबग्रस्त बनेको कालिकोटका पत्रकार प्रेम प्यारीले जानकारी गराए । पत्रकार प्यासीका अनुसार लालिघाटमा रहेको डोजर ल्याएर उक्त ट्रक साइट लगाएर सडक खोल्ने पहल भइरहेको छ ।
बिहान ६ बजे देखि रोडमा चर्को घाम खाइरहेका यात्रुहरुले अहिलेसम्म बाटो खोल्ने कुनै पहल नहुदा आफुहरुले दुख पाइरहेको गुनासो गरेका छन् ।
झिल्को खबर । २४ बैशाख २०८२, बुधबार १२:१४