
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर ९ सिस्नेरीका एक किशोरको पौडी खेल्ने क्रममा मृत्यु भएको छ । आज दिउँसो दाङको तुलसिपुर उपमहानगरपालिका वडा नम्बर १८ मा पौडी खेल्ने क्रममा १६ बर्षिय भुपेन्द्र विकको मृत्यु भएको हो । विकको तुलसीपुर उपमहानगरपालिका वडा १८ स्थित अम्वाखोली सामुदायिक वन क्षेत्रमा निर्माण गरिएको कृत्रिम तालमा साथीहरूसंग पौडी खेल्ने क्रममा डुबेर विकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
१६ वर्षीय विक तुलसिपुरमा अध्ययनका लागि अस्थायी बसोबास गर्दै आईरहेका थिए ।
झिल्को खबर । २७ बैशाख २०८२, शनिबार २२:०१