काठमाडौंः शुक्रिमाया मोक्तान (पाल्मो लामा) को ’ल्हासामा नम्बरी सुन छ’ सेलो गीत सार्वजनिक भएको छ। आफ्नै शब्द र अनिस च्याङ्वाको संगीत रहेको उक्त गीत गनगन टिभी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
तामाङ भाषामा गाइएको यस गीतमा ’हन्ड्रेड पर्सेन्ट’ भन्ने अंग्रेजी शब्द पनि प्रयोग भएको छ। विभिन्न नेपाली थेगोहरूको प्रयोग पनि छ। यसरी हेर्दा तामाङ, अंग्रेजी र नेपाली गरी गीतमा तीन भाषाको प्रयोग भएको छ। यस गीतका केही अर्थहरू केलाउँदा ’कान्छाको कपाल र मेरो जोवन सँगै फुलेर आएको छ भन्ने जस्ता रमाइला विषयहरू पनि गीतले बोकेको छ।
उनको यसअघि ’मैले माया गरेँ’ नामको गीत सार्वजनिक भइसकेको छ। उक्त गीत दर्शक तथा श्रोताले मन पराएकै कारण राम्रो भ्युज पाएको छ। यसरी हेर्दा ’ल्हासामा नम्बरी सुन छ’ तामाङको दोस्रो गीत हो। यो गीत पनि तामाङ समुदायका लागि लोकप्रिय बन्ने विश्वास लिइएको छ।
भिडियो
झिल्को खबर । १५ माघ २०८१, मंगलवार १८:३०