कालीकोटमा चितुवाले एकै बगालका ७ बाख्रा मा¥यो

कालीकोट । कालीकोटको बिभिन्न क्षेत्रमा चितुवा बाघ फैलिएको छ । शुक्रवार राति कालीकोटको पलाँता गाउँपालिका –८ को वन क्षेत्रमा पसेको चितुवाले वनमा चरिरहेका एकै बगालका ७ बार्खा मारेको छ ।

शुक्रवार दिउँसो चराउन लगाइएका बार्खा घरमा नआए पनि खोज्न जाँदा हिउटाला हिउचुली सामुदायिक वनमा नाइवाडाका करवहादुर बमका सात बार्खा एकै क्षेत्रमा मारेको अबस्थामा भेटिएका हुन् ।

जिल्ला वन कार्यालय कालीकोटका फरेस्टी टक्कबहादुर बमले वनको नजिकै यताउता तिर सात बार्खा मारेको अबस्थामा आफूले भेटेको बताए । वन क्षेत्रमा जाँदैगर्दा उनिहरु पनि बाख्रा हराए भनेर खोजिरहेका थिए । शनिबार बिहानतिर वनको यत्रतत्र मारेको अबस्थामा भेटिएको उनले बताए ।

सात बाख्रामध्ये एक बाख्राको भित्रपट्टीको केही बाहिरको भाग खाएको देखियो । अन्य बाख्राको रगत मात्र चुसेर मारेको अबस्थामा भेटिएको बमको भनाइ छ ।

कालीकोटका प्रायः वन क्षेत्रमा अहिले पाटेबाघ भेटिएको छ । कतै गाईगोरु मार्छ भने कतै बाख्रा मार्ने गरेको छ । गत बर्ष रास्कोटको तल्लो क्षेत्र वड्लालको खरकाट्ने वनमा चितुवा आफै मरेको अबस्थामा भेटेपछि वनमा बाघ छ भनेर एकिन भएको र पछि कर्णाली करिडोर क्षेत्रमा भेटिने गरेको थियो ।