यार्सागुम्बा संकलनमा गएका जुम्लाका एक जनाको लेक लागेर मृत्यु

सुर्खेत । बहुमुल्य जडिबुटी संकलनका लागि डोल्पा पाटन गएका जुम्लाका एक जनाको लेक लागेर मृत्यु भएको छ । धन कमाउनका लागि डोल्पा पाटन गएका जुम्ला गुठिचौर गाउँपालिका १ मणि गाउँका भिम बहादुर बोहोराको लेक लागेर मृत्यु भएको हो ।

बोहोराको ७ गते २ बजे यार्सागुम्बा खोज्न डोल्पा जिल्लाको जगदुल्ला गाउँपालिका १ जगदुल्ला मध्यवर्ती पाटन क्षेत्रमा गएको बेला फर्कने क्रममा लेक लागेर मृत्यु भएको हो । सामान्य बिरामी भएका बोहोरा लाई उपचारका लागि घर ल्याउने क्रममा गुठिचौर अस्थायी प्रहरी चौकी चोत्राका प्रहरी निरिक्षक रोहित रसाइलीले जानकारी दिए ।

उनका अनुसार, बोहोरा लाई दिउसो २ बजे लेक लागेको थियो । उनका साथीहरूले उपचारका लागि घर ल्याउने क्रममा बिच बाटोमै बोहोराको मृत्यु भएका जानकारी दिए ।