

सुर्खेत । कर्णाली प्रदेश सरकारको बुधवार बसेको मन्त्री परिषद बैठकले कर्णाली प्रदेशसभाको दोश्रो कार्यकालको छैठौ अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्री परिषदको निर्णय अनुसार प्रदेश सभाको दाश्रो कार्यकालको छैठौ अधिवेशन आज राती १२ बजे बाट अन्त्य गर्न सिफारिस गरेको हो ।
यस्तै मन्त्री परिषद बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा कार्यरत प्रदेश सचिव ढोलक राज ढकाललाई सामाजिक विकास मन्त्रालयको सचिवमा कागकाजमा खटाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनोद कुमार शाहले जानकारी दिए ।
प्रवक्ता शाहका अनुसार जाजरकोट जुनिचादे गाउँपालिकाको प्रशासनिक केन्द्र सोहि गाउँपालिको वडा नं. ४ लुहादहमा तोक्न नेपाल सरकार समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । यस अघि गाउँ कार्यपालिकाको बैठकले सोहि ठाउँमा प्रशाासनिक केन्द्र तोके पनि कर्णाली प्रदेश सरकारले अन्त तोकेको थियो तर पछि ७ जेठ २०८२ गाउँपालिकाले तोकेको ठाउँमा प्रशासनिक केन्द्र कायम गर्न सर्वोच्च अदालत परमादेश जारी गरेको थियो ।
मन्त्री परिषद बैठकले प्रदेशका कार्यालयमा सूचनाको हक कार्यान्वयन भए ÷नभएको विषयमा अनुगमन गर्न मुखयमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका शासकिय सुधार महाशाखाका सचिव लक्ष्मी कुमार वि.क.को संयोजकत्वमा कर्णाली प्रदेश अनुगमन समिति गठन गर्ने निर्णय गरेको छ ।

झिल्को खबर । २२ श्रावण २०८२, बुधबार १०:३६