प्रदेश अस्पताल सुर्खेतमा मेरुदण्डमा चोट लागेका ५१ जनाको सफल अप्रेशन

सुर्खेत । प्रदेश अस्पताल सुर्खेतमा मेरुदण्डमा चोट लागेका ५१ जना बिरामीको सफल अप्रेशन भएको छ ।

२०७८ असोजबाट सुरु भएको यो सेवा हालसम्म आउदा मेरुदण्डमा चोट लागेका ५१ जनाको सफल अप्रेशन गरी उनिहरुलाई पहिलेकै अबस्थामा फर्काइएको प्रदेश अस्पताल सुर्खेतमा कार्यरत हाडजोर्नी विशेषज्ञ डाक्टर किशोर विष्टले जानकारी दिए ।

मेरुदण्डमा चोट लागि प्रदेश अस्पताल सुर्खेतमा उपचारको लागि आएका ५१ जना बिरामीको मेरुदण्डको सफल अप्रेशन भएको खुसीमा प्रदेश अस्पताल सुर्खेत हाडजोर्नी विभागले आइतवार केक काटेर खुसीयाली बाडेको छ ।

५१ वना बिरामीको सफल मेरुदण्डको अप्रेशनको खुसीयालीमा आज केक काटेर खुसीयाली मनाउदै हाडजार्नी विभाग ।

‘मेरुदण्डको चोटका कारण हिड्ने आश मारेका विरामीहरुले सफल मेरुदण्डको अप्रेशन पश्चात आफ्नो लागि चाहिने औषधि लिन आफै हिडेर आफ्नो अगाडी आइपुग्दा खुसीको सीमा नै रहदैन,’ ‘हाडजोर्नी विशेषज्ञ डाक्टर शुभ श्रेष्ठले भने,’ ‘आफुले उपचार गरेको बिरामी सन्चो भएर पुरानो नर्मल जीवनमा फर्किनु जस्तो खुसी एक डाक्टरका लागि अरु के होला र ।’

‘प्रदेश अस्पताल सुर्खेतमा पछिल्लो समय मेरुदण्डको निसुल्क उपचार हुन्छ । यसको बारेमा जानकारी नहुदा कर्णाली प्रदेशका धेरै नागरिकले दुःख पाउने गरेका छन्,’ ‘हाडजोर्नी विशेषज्ञ डाक्टर किशोर विष्टले भने,’ ‘नेपाल सरकारले बिपन्न नागरिक औषधि उपचार कोषबाट मेरुदण्ड भाचिएका बिरामीहरुको लागि एक लाख सम्मको निसुल्क उपचार गर्ने गरेको छ । मेरुदण्डको उपचारको लागि धेरै पैसा खर्च गरेर कर्णाली प्रदेश भन्दा बाहिर जानु पर्दैन ।’

प्रदेश अस्पताल सुर्खेतका निर्देशक प्रा.डा. डम्बर खड्काले प्रदेश अस्पताल सर्खेतले पछिल्लो समय जन विश्वास जित्दै गएको बताए । अस्पतालको सेवालाई यहाँका नागरिकले मन पराएर नै आजको यो सफलता मिलेको उनको भनाइ छ ।

हाडजोर्नी विभागले गरेको काम प्रति प्रा.डा. खड्काले धन्यवाद दिदै आउने दिनमा पनि यसरी जनविश्वास जित्ने गरी काम गर्न हाडजार्नी विभागमा कार्यरत डाक्टर लगायत सबैलाई निर्देशन दिए ।