काठमाण्डौ – उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सफाइ पेशको लागि पत्र पठाएको छ ।
अस्ति बुधवारको मन्त्रिपरिषद बैठकले घिसिङसँग स्पष्टीकरण सोध्ने निर्णय गरेपछि मन्त्रालयले हिजो पत्र पठाएको हो ।
पत्रमा कार्यसम्पादन सम्झौता समयमै नबुझाएको, नेपाल–भारत बिजुली आदान–प्रदानमा अधिकारविना हस्ताक्षर गरेको, मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन नगरेको र कार्यकारी निर्देशकको काम कर्तव्य पालना नगरेको भन्दै ‘तपाईँसँगको सम्झौता अन्त्य गरी तपाईंको नियुक्ति किन रद्द नगर्ने र पदबाट किन नहटाउने ?’ भन्ने उल्लेख छ ।
झिल्को खबर । २३ फाल्गुन २०८१, शुक्रबार ०७:४६