अन्तर प्रदेश प्रतियोगिताको तयारीमा कर्णालीःखेलाडीहरु धमाधम छनोट गर्दै

सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषले आगामी फागुन २४ देखि ३० गतेसम्म बाग्मती खेलकुद परिषदको आयोजनामा हुन लागेको अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी छनौटलाई तिब्रता दिएको छ ।

कर्णाली प्रदेशका विभिन्नि जिल्लामा विभिन्न खेल विधाका खेलाडीहरु छनौट गर्न लागेको कर्णाली प्रदेशले बुधवार देखि प्रदेश राजधानी वीरेन्द्रनगर स्थित कालिन्चोक रग्बी खेल मैदानमा एथलेटिक्स विधाका खेलाडीहरु छनौट गर्न लागेको हो ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री खड्ग बहादुर पोखरेलले प्रदेश स्रीय एथलेटिक्स छनौट प्रतियोगिताको उद्घाटन गर्दै खेलाडी छनौटमा निश्पक्षताका साथ खेलाडी छनौट गर्न निर्णायकहरुलाई निर्देशन दिए ।

‘१० औं राष्ट्रिय खेलकुद प्रतियोगिता पनि नजिकिदै छ त्यसको लागि पनि यो पूर्व तयारी हो । यहाँबाट छनौट भएर गएका खेलाडीहरुले कर्णालीको नाम राख्नु होला,’ ‘मन्त्री पोखरेलले भने,’ ‘हिजोका दिन जस्तो खेल तयारीको लागि अहिले कर्णाली प्रदेशमा खेल मैदानको अभाब छैन तपाई खेलाडीहरु जति सक्दो कर्णालीलाई मेडल दिने गरी तयारीमा लाग्नु होला ।’

उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव बिश्वामित्र संज्यालले यो छनौट प्रतियोगितामा आफ्नो अब्बल क्षमता प्रस्तुत गरेर खेल खेल्न खेलाडीहरुलाई निर्देशन दिए । अबको केहि महिना भित्र निर्माणाधिन प्रदेश रंगशालाभित्र सुविधासम्पन्न मैदान तयार हुने र त्यहि मैदानमा अबका प्रतियोगिता हुने भन्दै सदस्य सचिव संज्यालले अब कर्णालीमा कसरी मेडल भित्र्याउने त्यता तिर सबै खेलाडी र प्रशिक्षकले ध्यान दिनु पर्ने बताए ।

१० औं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति पनि नजिकिदै छ । कर्णालीमा खेललाई जिल्ला स्तरसम्म पु¥याउनको लागि अहिलेदेखि नै अन्तर प्रदेश स्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौट कर्णालीका विभिन्न जिल्लामा परिषदले गर्न लागेको भन्दै सदस्य सचिव संज्यालले २६ गते कालिकोटमा कराँतेको छनौट हुने र २७ गते सल्यानमा तेक्वान्दोको छनौट हुने बताए ।

त्यस्तै जम्लामा फुटबलको छनोट हुँदैछ भने आइटिएफको छनौट रुकुम पश्चिममा हुने भएको छ कबड्डीको प्रदेश स्तरीय छनौट प्रतियोगिता भने मुगु रारामा हुने भएको छ । उसुको सुर्खेतमा हुदैछ भने हक्कीको प्रतियोगिता हुम्लामा हुने छ ।

एथलेटिक्स विधाका सहभागि खेलाडीहरु ।