
सुर्खेत । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशसभा अबरुद्ध गरेको छ । कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०८२÷०८३ को बजेट निर्माणमा सरकार आफैले विचौलियाको काम गरेको भन्दै आइतवार प्रदेशसभा बैठक अबरुद्ध गरेको हो ।
बैठक विषयमा प्रवेश गर्नु अगाडी प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका तर्फबाट बोल्दै प्रदेश सभा सदस्य कृष्ण बहादुर जि.सी.ले सरकारले बजेट निर्माण गर्दा आयोजना बैंकलाई आधार मानेर बजेट निर्माण गरिएको भने पनि प्रुमख प्रतिपक्षी दलले आयोजना बैंक भित्र छनौट भएका योजनाहरु सार्वजनिक गर्न माग गर्दा सरकारले सार्वजनिक गरेको आरोप लगाए ।
‘आयोजना बैंकको मापदण्ड अनुसार योजना हाल्न खोज्दा आयोजना बैंकसँग कुनै तादम्वेता नभएको भनेर फर्काइयो तर बजेट तर्जुमाको क्रममा मन्त्री आफै निवेदक र आफै बजेट निर्माण कर्ता भएर काम गरे,’जि.सी.ले भने,‘यस्तो कामको मुख्यमन्त्री यामलाल कडेँलले आफै प्रसंशा गर्नु भयो । तर आयोजना बैंक निर्माण गर्दा प्रक्रियामा आएका तर छुटेका योजनाहरुलाई पछि थप्ने गरेर सहमति गरे पनि सरकार यसबाट पछि हटेको छ ।’
आर्थिक मामिला तथा योजना मन्त्री र मन्त्रालयको सचिवले कानुन नहेरी बजेट ल्याएको भन्दै जि.सी.ले सरकारले ल्याएको बजेट माथि बैद्यताको प्रश्न उठेको बताए । कर्णाली प्रदेश आर्थिक कार्यविधि २०८१ को दफा १४ को २ लाई एक चोटी पल्टाउन अनुरोध गर्दै उनले बजेट प्रस्तुत गर्नु भन्दा पहिला आर्थिक सर्वेक्षण प्रस्तुत नगरी त्यहि बजेटमा इन्क्लुड गरेर बजेट ल्याएको बताए ।
हिजो प्रमुख प्रतिपक्षी दल हुँने बेला १५ लाख भन्दा मुनिका योजनाहरुको अहिलेका मुख्यमन्त्री यामलाल कडेंलले विरोध गरे पनि आज आफु सरकारको नेतृत्वमा हुँदा १५ लाख भन्दा मुनिका योजनाहरु बजेटमा समावेश गरेको प्रदेश सरकारलाई प्रतिपक्षी दलको आरोप छ ।
झिल्को खबर । ८ असार २०८२, आईतवार १७:०१