एमालेका कारण कर्णाली प्रदेश भिकारी भएको होः नेता शाही

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का नेता एवं प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले एमालेका कारण कर्णाली प्रदेश भिकारी भएको बताएका छन् ।

सोमवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शाहीले अहिलेको सरकारले हिजोका सामन्ती व्यवस्थाका शासक र सरकार जस्तै कर्णाली प्रतिको हेर्ने दुष्टिकोण खराव भएको आरोप लगाए ।

कर्णालीका जनतालाई खान नपाएका र नेतृत्व बिहिन भएका भनेर केन्द्रिय सत्ताले हिजो देखि नै कर्णालीको १७ प्रतिशत कठिन भुगोलको अधिकार खोसेर कर्णालीलाई पक्षपात गरेकाले कर्णाली पछि परेको भन्दै सांसद शाहीले अब कर्णालीलाई हेप्ने होइन समानताका आधारमा बजेट ब्यबस्था गरियोस भन्ने बिचार राखे ।

केहि समय अघि नेकपा एमालेका महासचिव शंखर पोखरेलले कर्णलीका जनताले भात खान नपाएका भनेर दिएको अभिव्यक्ति प्रति लक्षित गर्दै उनले एमालेका एनजिओका कारण कर्णाली लुटिएको स्पष्ट पारे ।

सरकारको कर्णाली प्रति हेर्ने दृष्टिकोण र यहि रवैया रहिरयो भने कर्णलीका जनप्रतिनिधिहरुले सोच्नु पर्ने हुनसक्छ भन्दै चेतावनी समेत दिए । ‘मानब बिकास सुचाङ्कको आधारमा लगानि गर्ने होकि तथाकथित पावर र शक्तिका आधारमा लगानि गर्ने हो ? अब शक्ति र सत्ताको आडमा जबर्जस्ति पछि पारेको भूगोल , क्षेत्र र जनसंख्यालाई आधार मानेर राष्ट्रको बजेट बनाउनु पर्छ,’ ‘सांसद शाहीले भने,‘देशको समंग्र बिकासको मोडलकाबारे राष्ट्रिय स्तरको छलफल बहस र निर्णय गरेर अगाडी बढ्न आबश्यक भएकाबेला केहि नेता , शासक र प्रशासक बसेर आआफ्नो टोल र छिमेक अनि आफ्नो निर्वाचन क्षेत्रको मात्रै चिन्तन गरेर समग्र देशको बिकास सम्भव छैन ।’

उनले आजसम्म राज्यले गरेको लगानीको संमीक्षा गर्नु पर्ने भन्दै त्यसका आधारमा मात्र वजेट बनाईनु पर्ने बताए । संघ , प्रदेश र स्थानिय तहले ल्याउने वजेट कार्यक्रमको ठोस सीमा परिभाषा समेत गरिनु पर्ने बताए ।

एउटा योजनामा ३० औ वर्ष वजेट गईरहने प्रर्णालीलाई खारेज गर्नु पर्ने भन्दै उनले टुक्रे वजेट प्रर्णालीको पूर्ण रुपमा अन्त्य हुनु पर्नेमा जोड दिए । कुनै पनि योजना सम्पन्त्र गर्ने सन्दर्भमा समय सिमा तोकेर मात्र अगाडी बढ्न सरकारलाई आग्रह गरे ।

कर्णाली प्रदेशमा आयोजना हुँने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता पानीका कारण हुँन नसकेको भनेर प्रधानमन्त्री केपी ओलीले दिएको अभिव्यक्ति प्रति आक्रोशित हुँदै सांसद शाहीले तेत्रो कर्णाली र भेरी बगेको देख्दादेख्दै कर्णालीमा पानी छैन भन्नु प्रधानमन्त्रीको अभिव्यक्ति ठिक नभएको बताए ।

यस्तै शिक्षकहरुको माग प्रति सरकार गम्भिर नभएको भन्दै सांसद शाहीले शिक्षकलाई रुदै घर पठाएर मात्र माग सम्बोधन नहुने उनको तर्क छ ।