
सुर्खेत । विभिन्न क्षेत्रमा काम गर्ने कर्णालीका १० जना नारी कर्णाली नारी सम्मानले सम्मानित भएका छन्। शनिबार सुर्खेतमा आयोजित एक कार्यक्रममा कर्णालीका १० उत्कृष्ट नारीलाई सम्मान गरिएको हो।
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कर्णाली प्रदेश सरकारका ऊर्जा तथा जलश्रोत मन्त्री विजया बुढा, वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकाल, अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय अध्यक्ष पन्चा सिंह , गाउँपालिका उपाध्यक्ष मिना खड्का, पाइलट सिर्जना रावत, खेलाडी सुनमाया बुढा, पत्रकार माया थापा, पत्रकार तृप्ति शाही , सुनिता खड्का र सामाजिक अभियन्ता यमुना सापकोटालाई सम्मान गरेका हुन्।
झिल्को खबर । ८ असार २०८२, आईतवार ०८:२८