भरत ‘सी’को झिनो आशाले जन्माएको ठूला निराशा टुटेको मन देउडा गीत सार्वजनिक (भिडियो सहित)

सुर्खेत । बर्षौ देखि राजनितिमा लागेर पारिवारिक व्यवस्थापन गर्न नसकेका श्रीमानलाई श्रीमतीले झोक्किदै भन्छिन् ‘तपाइभन्दा पछि राजनिति गरेकाहरुले घर,घडेरी जोडिसके तपाइले किन यत्तिको व्यवस्थापन गर्न नसकेको ?श्रीमानले मलिन अनुहारमा जवाफ दिदै भन्छन् ‘हुन त हो मेरो राजनितिमा पावर छैन नेताहरुलाई भेट्न प्रदेश गए केन्द्र गए मेरो मागको सुनाइ भएन’

यस्ते निराशाको भावबाट सुरु हुन्छ नेकपा स्थायी समिति सदस्य भरत ‘सी’ले भरखरै बजारमा ल्याएको ‘टुटेको मन’देउडा गीतको कथा ।

रहर हाइन बाध्यता हो, जन्मेको घर छोड्नु
मुस्किलै छ परान धान्नु,टुट्याको मन जोड्नु

कुनै बेला माओवादी जनयुद्वमा लागेकाहरुले भन्ने गरेका थिए ‘असम्भब भन्ने शब्द मुर्खहरुको डायरीमा हुन्छ’ उनिहरुको जीवनमा निराशा भन्ने शब्द भेटिदैन थियो । साम्यवादी सामाज निर्माणको लागि भनेर थालिएको माओवादी जनयुद्व पछिल्लो समय क्षेतविक्षत अबस्थामा पुगेको र सर्बहारा बग्रीय सपना पुरा नभएको भन्दै एकिकृत जन क्रान्तिको कार्यदिशा समातेका विप्लब नेकपा समद्व नेता कार्यकर्ताहरु अहिले दोस्रो स्थानीय निर्वाचन यता चरम निराशामा गएको कुरा भरत ‘सी’को देउडा गीत ‘टुटेको मन’ले प्रष्ट पारेको छ ।

गीतमा घर छोडेर हिडेको एउटा यात्री कुन गन्तव्यमा गएको हो भन्ने प्रश्न गरिएको भए पनि गन्तव्य निश्चित नभएका कारण उसले बीचबाटो नै यात्रा मोड्नु परेको दृश्यले विप्लब नेकपा सम्बद्व नेता कार्यकर्ताहरुलाई यो व्यवस्था उपयोग नगरेकोमा पछुतो भएको जस्तो दृश्य देखाइएको छ गीतमा भनिएको छ देशमा लुट्नेहरुले राज गरे र उनिहरु नै स्वार्थको पछि लागेर आफ्नो जीवन व्यवस्थापन गरे । आफु स्वार्थको पछि लाग्न नसकेर नै जीवनमा व्यक्तिगत व्यवस्थापन गर्न नसकेको दृश्य निकै भावनात्मक छ ।

उनकै भगौ राज,ल्ट्न्याले लुट्याका लुटेइ
का का पुग्या आज स्वास्र्थका, पछाडी हिड्ने

समाजमा पैसा नहुनेहरुको अस्तित्व छैन र राजनिति नजानेर गरे जीवनमा काल बनेर निम्तिने भावलाई प्रमुख बनाइए पनि त्यसको बिकल्पमा कुनै प्रश्न गरिएको देखिदैन । बरु आफ्नो राजनिति जीवनलाई प्रमुख पात्रको रुपमा उतारेका भरत ‘सी’ ले इमानदार राजनितिको झोला बोक्नेहरुले नै उक्त राजनितिको निकास दिने निष्कर्ष निकालेको भए पनि गीतमा देखिएका कथा र पात्रहरुले चरम निराशाको सन्देश दिएको देखिन्छ ।

माओवादी जनयुद्वमा सुरुवात देखि सहभागि भएका कालिकोटका बम इमानदार नेताको रुपमा चिनिन्छन् । अहिलेसम्म कुनै सार्वजनिक पद धारण नगरेका बम माओवादी पार्टी शान्ति सम्झौता मार्फत जनयुद्वबाट शान्ति प्रक्रियामा आए पश्चात माउ पार्टी भन्दा बिद्रोही पक्षमा उभिदै आएका छन् ।

जनयुद्वकालिन समयमा माओवादीले राजनिति रुपमा देखेका सपना पुरा नभएको भन्दै माओवादी शान्ति प्रक्रिया आए पश्चात मोहन बैद्य ‘किरण’ नेतृत्वको पार्टी हुदै अहिले विप्लब नेकपाको उनि स्थायी समिति सदस्य छन् ।

गीतको रचना भरत बम आफैले गरेका हुन् भने संगीत, स्वर धर्मराज न्यौपाने शिशिरले दिएका छन् । गीतमा अभिनयमा कालिकोट पलाँता गाउँपालिकाका वडा अध्यक्ष कल बहादुर बम र कलाकार आरती बुढाले साथ दिएका छन् ।

यस्तो छ भिडियो