जन साँस्कृतिक महासंघ अछामको अध्यक्षमा परियार

सुर्खेत । नेकपा माओवादी केन्द्रको भातृ संगठन जन सांस्कृतिक महासंघ नेपाल , अछामको तेस्रो जिल्ला भेलाबाट अध्यक्षमा रुपक परियार अध्यक्षमा निर्वाचित भएका छन् ।

बुधवार सम्पन्न अछाम जिल्ला भेलाबाट परियारको अध्यक्षतामा उपाध्यक्ष अध्यक्ष रहेको नयाँ कार्य समितिमा उपाध्यक्ष नविना साउँद , सचिव शेर बहादुर साउँद , कोषाध्यक्ष गिता भण्डारी , सह सचिव लक्ष्मी भण्डारी सहित २५ सदस्यीय नयाँ समिति निर्वाचित भएका छन् ।

भेलामा जनयुद्धकालिन कलाकारहरु दल बहादुर साउँद असीम , अविराम बटाला , शेर बहादुर साउँद , लालबहादुर परियारलाई सम्मान गरिएको थियो ।

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य पहल साउँदे रामारोशन गाउँपालिका उपाध्यक्ष सृजना बुढा, वडा अध्यक्ष मीन बहादुर परियार , जन सांस्कृतिक महासंघ नेपालका केन्द्रिय सचिव पर्वत जैगडी , टंक प्रसाद देवकोटाको उपस्थिति रहेको थियो ।