सुर्खेत । लोक देउडा गायक महेन्द्र शाही रास्कोटीले प्रचण्ड ससुरा हुनु केपी ‘बा’ बाउ हुनु बोलको देउडा गीत बजारमा ल्याएका छन् ।
महेन्द्र शाही रास्कोटी र गगन शाहीको संयुक्त प्रस्तुती रहेको तेरी प्याटुल्ली उक्त देउडा गीत सुजल बम युटुब च्यानलबाट सार्वजनिक भएको छ ।
उक्त देउडा गीतमा संगित संकलन ललित बहादुर शाहीको रहेको छ भने संगित संयोजनमा गायक महेन्द्र शाही रास्कोटी आफैले गरेका छन् ।
महेन्द्र शाही रास्कोटी, अन्जु पन्त, रामजी खाड र गौरी भट्टको स्वर रहेको उक्त देउडा गीतको भिडियोको डाइरेक्सन जि बि आग्रीले गरेका छन् । भने भिडियोमा कलाकारका मोडेल आशा शाही, सुमन घर्ति मगर, गगन शाही र सुजल बमले अभिनय गरेका छन् ।
सात महिना अघि गीत रेकर्डिङ गरेको भए पनि भिडियो भने अहिले सार्वजनिक भएको हो । केहि समय पहिला टिकटकमा निकै भाइरल भएको यो गीत दर्शकले निकै मन पराउनेमा आफु आशाबादी रहेको गायक महेन्द्र शाही रास्कोटीलले बताए ।
गीतको पुरा भिडियो ।
झिल्को खबर । ६ बैशाख २०८१, बिहीबार ०८:५८