सुर्खेत, कर्णाली प्रदेशका पूर्व मुख्ममन्त्री एवं नेकपा (माओवादी केन्द्र)का युवा नेता महेन्द्र बहादुर शाहीले कालिकोट रास्कोट नगरपालिका भित्र बाढिपिडीतहरुको लागि निर्माण भएका एकिकृत नुमना बस्ती समुदायलाई हस्तान्तरण गरेका छन् ।
आइतवार हस्तान्तरण गरिएको एकिकृत नमुना बस्ती रास्कोट नगरपालिका वडा नम्बर २ मा ५२ घर, वडा नम्बर ३ मा ५४ घर र वडा नम्बर ७ मा ७४ घर समुदायलाई हस्तान्तरण गरिएको छ । उक्त एकृत नमुना बस्ती कर्णाली प्रदेश सरकारले ५ करोडको लागतमा बाढिपिडीतरुहरुको लागि निर्माण गरिदिएको हो ।
एकिकृत नमुना बस्ती हस्तान्तरण गर्दै कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का युवा नेता महेन्द्र बहादुर शाहीले आज हस्तान्तरण गरिएका घरहरु परिवर्तनको एक नमुना भएको बताए ।
आफु मुख्यमन्त्री हुने बेला बनेको योजनालाई स्थानीय सरकारले इमानदारिता पूर्वक कार्यन्वयन गरेको हुनाले आज रास्कोटमा एकिकृत नमुना बस्ती निर्माण भएको भन्दै पूर्व मुख्यमन्त्री शाहीले यो क्षेत्र जनयुद्धको आधार इलाका भएको हुनाले यहाँका जनताले जनयुद्धको बेला जनमुक्ति सेनालाई खाना खुवाउने देखि जीवन बचाउने सम्म काम गरेको हुनाले आफुले यो बस्तीलाई एकिकृत नमुना बस्तीको रुपमा विकास गरेको उल्लेख गरे ।
‘बस्ती निर्माण गरेर मात्रै सबै थोक पुग्दैन अब यो बस्तीको आयस्रोत र बस्तीलाई उत्पादन मुखि कसरी बनाउने यसबारेमा सबैले ध्यान दिनु पर्छ,’ ‘पूर्व मुख्यमन्त्री शाहीले भने,’ ‘अब नमुना पर्यटकीय गाउँको रुपमा निर्माण गरेर हामस्टे पनि यहाँ निर्माण गर्ने योजना छ ।’
२०७० को निर्वाचनको बेला कालिकोटको जितेगडा सम्म मात्रै गाडी पुगेको स्मरण गर्दै पूर्व मुख्यमन्त्री शाहीले आफु उर्जा मन्त्री र कर्णाली प्रदेशको मुख्यमन्त्री हुदा विकास गरेन भन्नेहरु अहिले गाउँमा राष्ट्रिय प्रसारणलाइनबाट गएको बिजुलीबाट मोवाइल चार्ज गर्दै जितेगडाबाट गाडीमा गाउँ पुगेर आफुलाई यस्तो आरोप लगाउने गरेको बताए ।
संघीयता आइसकेपछि जब प्रदेश सरकार र स्थानीय सरकार निर्माण भयो त्यसपछि हिजो काम नपाएर रोजगारीको लागि कालापहाड जाने कालिकोटे युवाहरु आज वडामा नै रोजगारी भएको कसैले नदेखेको भन्दै एक पटक वडामा गएको कराडौ बजेट कार्यन्वयन भएको सबैलाई हेर्न आग्रह गरे ।
पछिल्लो समय राजनिति दलका नेताहरु आफु उम्मेदवार छनोटको लागि सहर केन्द्रित भएर दौडधुप गरिरहेका बेला पूर्व मुख्यमन्त्री भने विकास निर्माण कामको अनुगमन गर्न गाउँ पसेका छन् ।
एकिकृत नमुना बस्ती फोटो फिचरमा
झिल्को खबर । १९ भाद्र २०७९, आईतवार १९:५४