प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन बृहत छलफलको आयोजना

सुर्खेत । कर्णाली प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा स्तरोन्नती गर्नको लागि आइतवार प्रदेश अस्पताल सुर्खेतले बृहत छलफलको आयोजना गरेको छ ।

बृहत छलफल कार्यक्रममा कर्णाली प्रदेश अस्पतालका निर्देशन प्रा.डा. डम्वर खड्काले प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्तरोन्नती गर्नु पर्ने आधारहरु प्रस्तुत गरेका छन् ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्नु पर्ने आधारहरु प्रस्तुति दिदै अस्पतालका निर्देशक प्रा.डा. डम्वर खड्का

अस्पताल निर्देशक प्रा.डा. खड्काले कर्णाली प्रदेश सरकारले आर्थिक बर्ष २०७९÷०८० को निति तथा कार्यक्रममा यस अस्पतालाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा विकास गर्ने गरी समावेश गरेकाले प्रारम्भिक चरणमा यो छलफलको आयोजना गरिएको बताए । उनले प्रतिष्ठानको रुपमा विकास गर्नको लागि अस्पतालसँग भौतिक पूर्वाधार पर्याप्त रहेको भन्दै प्रदेशको राजधानी समेत रहेको यस अस्पतालमा कर्णाली प्रदेशका १० वटै जिल्ला र छिमेकी प्रदेशबाट समेत यहाँ सेवा लिन आउने गरेकाले यहाँ प्रयोगात्मक अभ्यासको लागि समेत विरामीहरुको चाप रहेको बताए ।

कर्णाली प्रदेशको राजधानी बाहेक अन्य प्रदेशका राजधानी सहरमा मेडिकल कलेज र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु भइसकेकाले कर्णाली प्रदेशको राजधानीमा यो आवश्यक रहेको भन्दै खड्काले कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न र दक्ष स्वास्थ्यकर्मीको उत्पादन गरी कर्णालीको स्वास्थ्य क्षेत्रमा नयाँ अनुसन्धानको जरुरी रहेको बताए ।

‘कर्णाली प्रदेशलाई स्वास्थ्य र शैक्षिक क्षेत्रमा सुधार गर्न तत्कालको लागि भिविन्न फ्याकल्टि समेत संचालन गर्न सक्ने अस्पतालसँग आत्मगत क्षमता भएकाले स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालन गर्न सबैको सहयोग भए कुनै कठिनाइ हुदैन अस्पतालका निर्देशक समेत रहेका प्रा.डा. खड्काले भने,।’

छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञहरुले प्रतिष्ठानको रुपमा विकास गर्नको लागि अस्पतालसँग आत्मगत क्षमता भए पनि त्यसको लागि हतरो नगर्न सुझाव दिएका छन् । बरिष्ठ स्वास्थ्य विज्ञ प्रा.डा. रमेशकान्त अधिकारीले कर्णाली प्रदेश अस्पतालसँग सेवा सम्बन्धी उपलब्धी धेरै प्रभाकारी भए पनि अब आउने दिनमा सेवालाई अध्ययन र अनुुसन्धान तिर लिनु पर्ने भएकोले यसमा गम्भिर भएर लाग्नको लागि सरोकारवाला पक्षलाई सुझाव दिए ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालनको लागि धेरै काम नर्ग बाकी रहेको भन्दै उनले तयारी बजभुत हुनु पर्ने बताए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व डीन प्रा.डा. भुवननाथ महराठाले अहिले नेपालमा संचालनमा रहेका प्रतिष्ठान र मेडिकल कलेजको अबस्था हेर्दा कर्णाली प्रदेश अस्पतालले अहिले नै स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालन गर्न सक्ने क्षमता भएको बताए । उनले कर्णाली प्रदेश सरकारले नै प्रतिष्ठान संचालनको लागि सबै काम गरेको हुनाले अब संचालनको लागि धेरै रोकिनु पर्ने कारण नभएको औल्याए । ‘यसमा चुनौतिको रुपमा आर्थिक र जनशक्ति हुन सक्छ तर यस अस्पतालको पृष्ठभूमि राम्रो भएकोले सबै मिलेर गए यो सम्भव छ उनले भने,।’

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष समेत रहेका प्रा.डा. भगवान कोइरालाले राष्ट्रिय निति अनुसार स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्नु पर्ने भन्दै प्रदेश सरकार र संघीय सरकारको यसमा समन्वय जरुरी रहेको औल्याए । उनले यो भन्दा अगाडी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बन्ने बेला आफुले सुर्खेतलाई बाइपास हुने गरी प्रतिष्ठान बन्न दिनु हुन्न भनेको भन्दै त्यो बेला सुर्खेतलाई बाइपास गरिएको बताए ।

‘प्रतिष्ठानको उदेश्य एम.बि.बि.एस. मात्रै पढाउने भन्दा पनि उत्पादन भएको जनशक्तिलाई कहाँ लिने भन्ने बारेमा सोच्न जरुरी छ,’ ‘अध्यक्ष प्रा.डा. कोइरालाले भने,’ ‘अबको पाँच बर्ष पछि नेपाललाई चाहिने भन्दा बढि मेडिकल अधिकृतहरु उत्पादन हुदै छन्,।’

प्रा.डा. अर्जुन कार्कीले संस्था विकास गर्नको लागि ऐन हतियार मात्रै भएकोले संस्थाको विकास गर्नको लागि सबैले प्रतिबद्धता जनाउनु पर्ने बताए । अहिले कर्णालीमा प्रदेश अस्पतालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनको लागि अरु बनेका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुबाट शिक्षा लिदै बनाउनु पर्छ उनले भने,।’

यस्तै कार्यक्रममा वीरेन्द्रनगर गरपालिका प्रमुख मोहनमाया ढकालले प्रदेश अस्पताल सुर्खेतलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनको लागि स्थानीय सरकारको तर्फबाट आफुले भरपूर सहयोग गर्ने बताइन् । कर्णाली प्रदेशको राजधानी समेत रहेको वीरेन्द्रनगरमा प्रतिष्ठानको जरुरी रहेको भन्दै उनले यसको लागि आफु जस्तो वीरेन्द्रनगर सरकारको तर्फबाट सहयोग गर्न तयार रहेको उनले बताइन् ।