कालिकोट । नेपाली काँग्रेसका युवा नेता मोति राज बमले नेकपा (माओवादी केन्द्र)का नेता महेन्द्र बहादुर शाही जन्मेको दिनमा चन्द्रमा चम्केको दिन भएको बताएका छन् ।
महेन्द्र बहादुर शाहीलाई कालिकोटले पाउनु त्यो भन्दा पनि अझ पचालझरना गाउँपालिकाले पाउनु भनेको आफु भाग्यमानी भएको भन्दै नेता बमले आफुले हिजोका दिनमा महेन्द्र बहादुर शाहीको आलोचना गरे पनि आज उहाँको निम्ति भोट माग्न पाउदा आफुलाई भाग्यमानी ठानेको उनले बताए ।
दोस्रो संविधान सभाको निर्वाचनको बेला महेन्द्र बहादुर शाहीले जितेर उर्जा मन्त्री भन्नु भयो दोस्रो पटक प्रदेश सभा सदस्यमा जित्दा कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री बन्नु भयो यो पटक कालिकोटबाट जिताएर पठाए नेपाल सरकारको गृहमन्त्री एवं उपप्रधानमन्त्री हुने सम्भावना रहेको भन्दै नेता बमले कालिकोटका जनताले महेन्द्र बहादुर शाहीलाई जसरी पनि जिताउने पर्ने औल्याए ।
पचालझरना गाउँपालिका कालिकोट जिल्लाकै भाग्यमानी गाउँपालिका भएको भन्दै उनले अब गठबन्धनको बारेमा औचित्य प्रष्ट्याउन तिर लाग्नु भन्दा गठबन्धनका उम्मेदवारलाई जिताउन तिर लाग्नु पर्ने बेला आएको बताए ।
कालिकोट जिल्लाको विकास निर्माणका कामहरुलाई पुरा गर्न र अझ विकास भएको हेर्न नेपाली काँग्रेसका प्रदेश सभाका उम्मेदवार हिक्मत विष्ट र नेकपा माओवादीका नेता महेन्द्र बहादुर शाहीलाई जिताउने कालिकोटबासीको जिम्मेवारी रहेको नेता बलले औल्याए ।
झिल्को खबर । १८ कार्तिक २०७९, शुक्रबार १५:३३