वीरेन्द्रनगरको चनौटेमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ चनौटेमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

वीरेन्द्रनगर नगरपालिकाको आर्थिक सहयोग वडा नं. १२ को समन्वय र आधारभूत स्वास्थ्य केन्द्र चनौटेको आयोजनामा संचालन भएको निसुल्क स्वास्थ्य शिविरमा प्रदेश अस्पताल सुर्खेतमा कार्यरत प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. ललितजंग शाहीले सेवा दिएका थिए ।

उक्त स्वास्थ्य शिविरमा ३९ जना गर्भवती महिलाहरुको भिडियो एक्सरे मार्फत चेक जाँच गरिएको थियो भने १७० जना महिलाहरुको पाठेघरको मुखको क्सान्सर VIA को जाँच गरिएको प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. ललितजंग शाहीले जानकारी दिए ।

डा. शाहीका अनुसार गर्भवती महिलाहरुको स्वास्थ्य परिक्षण सामान्य रहेको थियो पाठेघरको मुखको क्यान्सर VIA जाँच गराएका मध्य ५ जनामा पोजेटिभ रिर्पोट देखिएको छ ।

निशुल्क स्वास्थ्य शिविरले स्थानीय महिलाहरुमा निकै खुसी ल्याएको भन्दै आधारभूत स्वास्थ्य केन्द्र चनौटेका इन्चार्ज हृदय कुमार आलेले नगरपालिका र शिविरमा सहभागि भएर सेवा दिएकोमा विशेषज्ञ डा. ललितजंग शाहीलाई धन्यवाद दिए ।

स्वास्थ्य शिविरमा सहभागि प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा. ललितजंग शाहीले आफ्नो अफिस समय बाहेक अन्य समयमा कर्णालीका आमा,दिदिबहिनीहरुलाई आफुले सकेसम्म निसुल्क सेवा प्रदान गर्ने गरेको बताए ।