कर्णाली याक्सको मार्कीमा सोमपालको निरन्तरता

सुर्खेत । कर्णाली याक्सले नेपाल राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर सोमपाल कामीलाई मार्कीमा निरन्तरता दिएको छ ।

दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) को लागि सोमपाल लाई नै निरन्तरता दिएको कर्णाली याक्सका सह –मालिक गृहेन्द्र घिमिरेले जानकारी दिएका छन्।

‘सोमपाल कामी निकै क्षमतावान खेलाडी हुन् । त्यसैले दोस्रो संस्करणको लागि निरन्तरता दिने भएको छौं । उनीमाथि टिमको विश्वास छ,’ घिमिरेले भने ।

पहिलो सिजन सोमपालकै कप्तानीमा कर्णाली याक्सले प्लेअफ खेलेको थियो । कर्णालीले पहिलो सिजन भारतीय राष्ट्रिय टोलीका पूर्व क्रिकेट खेलाडी शिखर धवनलाई अनुबन्ध गरेको थियो ।

सह मालिक घिमिरेले यो सिजन पनि स्टार खेलाडी अनुबन्ध गरेर टिमलाई थप बलियो बनाउने तथा पर्यटन प्रवद्र्धन गर्ने महत्वपूर्ण भूमिका खेल्ने योजना सुनाएका छन् ।

‘पहिलो संस्करण शिखर धवनको आगमनसँगै टिम निकै बलियो भयो । नेपाली क्रिकेटको चर्चा पनि उस्तै भयो । यसपटक पनि हामी चर्चित खेलाडी अनुबन्ध गर्दै देशको पर्यटक प्रवद्र्धन गर्न र क्रिकेट विकासमा महत्वपूर्ण भुमिका खेल्छौं ।’

घिमिरेले चाडै रिटेन गरेका ६ खेलाडीको समेत सूची सार्वजनिक गर्ने बताएका छन् ।