नेपाल एसिसी पुरुष यु–१६ इस्ट जोन कपको फाइनल प्रवेश

काठमाडौं। साबिक विजेता नेपाल एसिसी पुरुष यु–१६ इस्ट जोन कपको फाइनल प्रवेश गरेको छ।

बिहीबार सेलाङ्गोर टर्फ क्लबको मैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा घरेलु टोली मलेसियाविरुद्ध ९ विकेटको सानदार जित निकाल्दै नेपाल उपाधि रक्षातिर अघि बढेको हो।

मलेसियाले दिएको ९१ रनको लक्ष्य नेपालले ११.४ ओभरमा मात्र एक विकेट गुमाउँदै पूरा गर्यो।