कालिकोटमा जीप दुर्घटना, तीन घण्टापछि घाइते शाहीको हेलिकप्टरबाट उद्वार

फोटो कालिकोट रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही ‘पोषण’को फेसबुक वालबाट

सुर्खेत । कालिकोट रास्कोटमा जीप दुर्घटनामा परी घाइते भएकी रिता सिंह ‘शाही’को करिब तीन घण्टापछि हेलिकप्टर मार्फत उद्वार गरिएको छ ।

घाइते भएकी रिता सिंह ‘शाही’लाई प्रदेश अस्पताल कालागाउँ सुर्खेत ल्याइएको रास्कोट नगरपालिका प्रमुख धर्मराज शाही ‘पोषण’ले जानकारी दिए ।

विहान ७ बजे भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो । रास्कोट नगरपालिका–१ सेरामा ग १ च ४६१० नम्बरको डबल क्याप गाडी दुर्घटनाहुँदा दुई जनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा रास्कोट नगरपालिका–१ का ४३ वर्षीय मनबहादुर शाही र ३६ वर्षीय मनकुमारी शाही रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जानकारी दिएको छ । दुर्घटनामा सोही ठाउँका २२ वर्षी रिता शाही घाइते थिइन् ।

सेरामा रहेका बसपार्कमा गाडी ब्याक गर्ने क्रममा दुर्घटना भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीले बताएको छ । गाडी सडकबाट करिव तीन सय मिटर तल खसेको छ ।