
सुर्खेत । रूकुम पश्चिमको आठबिसकोट नगरपालिका ९ राडी बजार नजिकैको बगरमा ट्याक्टर दुर्घटना भएको छ । बजारबाट क्याम्पस रोडतर्फ जाँदै गरेको भे २ त १५१८ नम्बरको ट्याक्टर सडकबाट भेरी नदीमा खसेको हो ।
उक्त दुर्घटनामा परेर जाजरकोटको नलगाड नगरपालिका ६ थाप्ला निवासी १७ वर्षीय कपिल खड्का घाइते भएका छन । उनको अनुहार, पेट र हातमा चोट लागेको छ । घाइते खड्कालाई उपचारको लागि नगर अस्पतालमा लिईएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरीका अनुसार आठविसकोट नगरपालिका १० निवासी चालक दीपक विक भने फरार रहेका छन । उनको खोजी भईरहेको प्रहरी जनाएको छ । ट्याक्टरको अगाडिको भाग ठुलीभेरी नदीको किनारामा रहेको छ भने ट्राली नदीले बगाएको छ । तीव्र गतिका कारण अनियन्त्रित भएर ट्याक्टर भेरीमा खसेको स्थानीयले जनाएका छन्।
झिल्को खबर । २० असार २०८२, शुक्रबार १७:४७