डिभिजन वन कार्यालय सल्यानद्वारा बृहत वृक्षारोपणको आयोजना

वृक्षारोपण गर्दै सल्यानका प्रमुख जिल्ला अधिकारी बेद प्रासद खरेल र डिभिजन बन कार्यालयका प्रमुख जीतेन्द्र महत

सल्यान । राष्ट्रिय वृक्षारोपण दिवशको अबसरमा विहिवार डिभिजन वन कार्यालय सल्यानको आयोजनामा वृहत वृक्षारोपणको आयोजना गरिएको छ ।

सन्ततिका लागि सोचौ, समृद्वि र हरियालीका लागि रुख रोपौँ भन्ने नाराका साथ आयोजना गरिएको उक्त वृक्षारोप कार्यक्रम सारदा नगरपालिका ८ मार्के काफलगैरी ढाणपाखा सामुदायिक बनमा आयोजना गरिएको थियो ।

उक्त बृहत वृक्षारोपण कार्यक्रममा सारदा नगरपालिका नगर प्रमुख प्रकाश भण्डारी, प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेल लगायत सुरक्षा निकायका प्रमुख र स्थानीयबासीको उत्साहजनक सहभागिता रहेको थियो ।

कृषि लगायत पर्यटन, वातावरण,जैविक विविधता एवं भौगलिक विकास संरचनाको मेरुदण्डको रुपमा बन रहेकाले यसको संरक्षण आवश्यक रहेको डिभिजन वन कार्यालयका प्रमुख जीतेन्द्र महतले बताए ।

वन तथा जलाधार क्षेत्र संरक्षणबाट कृषि योग्य भूमिको संरक्षण र उत्पादकत्वमा वृद्वि हुने भन्दै प्रमुख महतले यसका लागि स्थानीय स्तरबाटै सबैले सचेताा फैलाउन आवश्यक रहेको बताए ।

वृक्षारोपणबाट जलवायु परिवर्तनको प्रतिकुल असरसँग लड्नको लागि अनुकुल वातारण तय गर्ने भएकोले वातावरणीय सम्वेदनशिलता, प्राकृतिक विपत्ति र जलवायुमा परिवर्तन ल्याउने भएकाले सबैले हातेमालो गर्न जरुरी भएको उनले उल्लेख गरे ।

यस्तै सारदा नगरपालिका प्रमुख प्रकाश भण्डारीले आफ्नो नगरलाई हरियाली नगरपालिका बनाउनको लागि एक विद्यार्थी एक विरुवा रोप्ने नगरपालिकाले निति लिएकोले अबको केहि बर्षमा नगर पुरै हरियाली बनाउने योजना रहेको बताए ।

समाजलाई रुपान्तरण गर्नको लागि वृक्षारोपण पनि एक काम भएकोले यो आर्थिक बर्षमा नगरपालिकाले एक लाख ५० हजार विरुवा रोप्ने लक्ष्य लिएको समेत जानकारी गराए ।

आजबाट शुरु गरिएको वृक्षारोपण तीन हजार पाँच सय विरुवा राप्ने लक्ष लिइएको सारदा सव वन डिभिजन कार्यालय इन्चार्ज गंगा त्रिपाठीले जानकारी दिइन् ।