क्रिकेट खेल विकासको लागि खेलकुद परिषद् सधैं साथमा छ – सदस्य सचिव संज्याल

सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव बिश्वामित्र संज्यालले कर्णालीमा क्रिकेट खेल विकासको लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद सधैं साथमा रहेको बताएका छन् ।

कर्णाली प्रदेश क्रिकेट संघको पहिलो साधारण सभा एवं अधिवेशनलाई सम्बोधन गर्दै सदस्य सचिव संज्यालले यस्तो बताएका हुन् ।

क्रिकेट खेलका लागि खेलकुद पूर्वाधार नहुदा पनि इतिहाँसमा पहिलो पटक महेन्द्र नारायणनिधि कप जितेर कर्णालीले क्रिकेटमा ठुलो सफलता हासिल गरेको भन्दै सदस्य सचिव संज्यालले आउने दिनमा कर्णालीमा क्रिकेट खेल विकासको लागि कर्णाली खेलकुद विकास परिषदले विशेष प्रथामिकता दिएको बताए ।

‘कर्णाली प्रदेश खेलकुद विकास परिषदले कर्णालीमा खेलहरुलाई अगाडी बढाउनको लागि खेलको बग्रिकरण गरेको भन्दै टिम गेमको हकमा क्रिकेट पनि उक्त बग्रिकरणमा परेकोले क्रिकेट खेलाडीहरुले हौसलाका साथ अगाडी बढ्नु पर्ने बताए ।

‘कर्णालीमा खेलकुद पूर्वाधार निर्माणको लागि अगामी कार्यक्रममा क्रिकेट पनि समेटिएको छ, ‘सदस्य सचिव संज्यालले भने,’ ‘ फागुन सम्म कर्णालीमा क्रिकेट खेल्नको लागि न्युनतम् व्यवस्थापन हुन्छ ।’

दिर्गकालिन रुपमा क्रिकेटको मैदान बनाउनेको लागि सुर्खेतको मैनतडामा क्रिकेट रंगशाला बनाउने तयारी भएको समेत उनले जानकारी दिए ।

बुधवार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा पहिलो पटक नेपाल क्रिकेट संघको पहिलो पटक साधारण सभा एवं अधिवेशन हुदैछ ।