सुर्खेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले कर्णालीको खेल क्षेत्रलाई कर्णाली प्रदेश सरकारले पहिलो प्रथामिकतामा राखेको बताएका छन् ।
कर्णाली प्रदेश खेलकुद विकास परिषदले आयोजना गरेको खुल्ला ब्याडमिन्टन प्रतियोगिताको विहिवार उद्घाटन कार्यक्रमलाई सम्बाधन गर्दै मन्त्री विष्टले यस्तो बताएका हुन् ।
कर्णाली प्रदेश सरकारले गौरबको आयोजना छान्दा खेल क्षेत्रलाई पहिलो प्रथामिकता दिएको भन्दै मन्त्री विष्टले कर्णालीको निति तथा कार्यक्रम तयारी गर्दा पनि खेल क्षेत्रलाई नै पहिलो प्रथामिकतामा राखेको बताए । मन्त्री विष्टले हिजो मात्रै प्रदेश सभामा बजेट प्रस्तुत गर्दा पनि निति तथा कार्यक्रम अनुसार नै खेल क्षेत्रलाई बजेटमा समेटिएको बताए ।
‘खेलाडीहरुको विकासको लागी र खेलाडीहरुको प्रोत्साहनको लागी निति तथा कार्यक्रम मार्फत कर्णाली सरकारले धेरै कुरा व्याक्त गरिसकेको छ, ‘मन्त्री विष्टले भने,’ ‘अब खेल क्षेत्रलाई पर्यटनसँग कसरी जोड्न सकिन्छ सबैले त्यता तिर ध्यान दिनु पर्ने बेला आएको छ,।’
पछिल्लो समयमा कोभिडका कारण सुस्ताएको कर्णाली खेल क्षेत्र अब आउने दिनमा खेल क्षेत्रका गतिविधिहरुलाई सक्रिय बनाउन कर्णाली सरकार सकरात्मक भएको भन्दै मन्त्री विष्टले त्यहि अनुसारको प्रदेश सरकारले बजेटको पनि व्यवस्थापन गरेको बताए ।
‘कर्णाली प्रदेश सरकारले खेलाडीहरुको प्रोत्साहनको लागी खेलाडी कोषको स्थापना गरेको भन्दै मन्त्री विष्टले अब आउने दिनहरुमा पदक जित्ने खेलाडीहरुलाई कर्णाली प्रदेशमा प्रबेश गर्ना साथ प्रोत्सोहन स्वरुप त्यहि स्थापना गरेको कोषबाट निश्चित माप दण्ड बनाई रकम उपलब्ध गराउन सकिने गरी सरकारले काम थालेको बताए ।
त्यस्तै कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र संज्यालले आउने दिनमा खेलकुदका कार्यक्रममा परिषद सबैसँग हातेमालो गर्दै अगाडी बढ्ने बताएका थिए ।
। २ असार २०७९, बिहीबार १३:१२