सुर्खेत । कर्णाली प्रदेशमा आयोजना हुँने दशौं राष्ट्रिय खेलकुल प्रतियोगिता मुल आयोजक समिति सचिवालयको उद्घाटन गरिएको छ ।
सुर्खेत वीरेन्द्रनगर स्थित प्रादेशिक रंगशाला भित्र आइतवार सचिवालयको उद्घाटन संघीय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी र कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संयुक्त रुपमा गरेका हुन् ।
सचिवालय उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले धेरै मान्छेहरुले जेठको गर्मीमा खेलकुद प्रतियोगिता कसरी सम्पन्न हुन्छ ? भन्ने प्रश्न गरिरहेको भन्दै यसको लागि जनमत निर्माण गर्ने कुरा अब आयोजकले गर्नु पर्ने बताए । ‘कर्णाली प्रदेशको खेल क्षेत्रमा अभाव रहेको छ । यसको लागि अरुले जे भने पनि खेल क्षेत्रसँग सरोकार राख्नेहरुले अभावकोबीचबाट भए पनि दशौं राष्ट्रिय खेलकुद प्रतियागिता सम्पन्न गर्ने तिर लाग्नु पर्छ,’मुख्यमन्त्री कँडेलले भने,‘खेलकुदको विषय सबैको साझा बनाउनु पर्छ । को सरकारमा छ कसले के गरेको छ भन्ने विषयमा जानु हुन्न ।’
यस्तै फरक प्रसंगमा मुख्यमन्त्री कँडेलले राष्ट्रिय खेलकुद परिषदलाई प्रदेशको समन्वय बिना कुनै पनि काम नगर्न भन्दै आफुखसी आफ्नो फुलि देखाउने कामले सफल नहुँने कुरा प्रष्ट पारे ।
यस्तै कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले अहिलेकै मन्त्रीको पालामा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न हुन्छ भन्ने विश्वास लागेको बताए । ढिलो काम हुनु भनेको काम नुहुनु जस्तै भएको भन्दै मन्त्री भण्डारीले जिल्लामा कार्यालय संचालनको लागि बजेट नभएको भन्दै राष्ट्रिय खेलकुद परिषद र प्रदेश सरकारले यस बारेमा ध्यान दिनु पर्ने बताए ।
वीरेन्द्रनगर नगरपालिका नगर प्रमुख मोहनमाया ढकालले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्व तयारीको लागि नगरपालिकाले नगरसभाबाट नीति तथा कार्यक्रममा बनाएर बजेट समेत छुट्याएको उल्लेख गर्दै स्थानीय सरकारको तर्फबाट खेल्नु पर्ने भूमिकाबारे नगरपालिका सहयोग गर्न तयार रहेको बताइन् ।
संघीय सरकार युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सार्दा सार्दा धेरै पर पुगिसकेको भन्दै यो भन्दा पछि अब सर्ने ठाउँ नभएको बताए । हामि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्न लागि सक्यौ तपाइहरु पनि लाग्नु होला,’मन्त्री चौधरीले भने,‘अब त खेलकुद प्रतियोगिता सा¥यो भने खेलामा नै पुगिन्छ होला । त्यसैले तपाइहरु अब देखि नाइ र हुन्न भन्ने कुरा ननिकाल्नु होला ।’
०८१ मंसिरमा आयोजना हुँने भनिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुँन नसक्दा राष्ट्रिय खेलकुद परिषदले पहिलो पटक ०८१ चैत २३ गते सारेको थियो । पहिलो पटक सारेको मितिमा पनि प्रतियोगिता हुँन नसक्दा राष्ट्रिय खेलकुद परिषदले दोस्रो पटक ०८२ जेठ ३ गते प्रस्तावित मिति तोकेको छ । उक्त प्रस्तावित मितिमै कर्णाली प्रदेशमा दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्ने गरी संघीय युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद पछिल्लो सयम लागि रहेको छ ।
झिल्को खबर । २५ फाल्गुन २०८१, आईतवार १७:४५