सुर्खेत । नेकपा (माओवादी केन्द्र)का पालिटब्युरो सदस्य एवं नव निर्वाचित प्रतिनिधि सभा सदस्य महेन्द्र बहादुर शाहीले कालिकोट कोटवाडा सुनथराली विमान स्थल आउदो बैशाख १ गते देखि नियमित संचालनमा ल्याउने बताएका छन् ।
बुधवार विमान स्थलको निरिक्षण का क्रममा नेता शाहीले यस्तो बताएका हुन् । विमान स्थल बनेको दुई दशक भन्दा लामो समय हुदा पनि अहिले सम्म संचालनमा नआइरहेको अबस्थामा नेता शाहीले निर्वाचित भएको केहि दिनमा नै यो विमान स्थललाई २०८० बैशाख १ गतेबाट कालिकोटबाट नियमित उडान हुने बताए ।
उनले विमान स्थलको पुरा हुन नसकेको कामलाई अबको २ महिना भित्र काम सम्पन्न गर्ने गरी कामलाई तिव्र गतिमा अगाडी लिन समेत निर्देशन दिएका छन् । नेता शाहीले आफ्नो चुनावी घोषणा पत्रमा समेत कालिकोट कोटवाडा विमानस्थललाई विशेष प्रथामिकतामा राखेका थिए ।
विमान स्थलको अनुगमन गर्दै नेता शाही
झिल्को खबर । १४ मंसिर २०७९, बुधबार २०:३७