काठमाण्डौको तीनकुने क्षेत्रमा विरोध प्रदर्शन, धर्ना, सभा गर्न अनुमति नदिन संसदीय समितिको निर्देशन

काठमाण्डौ । काठमाण्डौको तीनकुने आसपासका क्षेत्रमा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्नालगायतका कार्यक्रम गर्न अनुमति नदिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने आसपासका क्षेत्रमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्नालगायतका कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको हो ।

समितिका सभापति रामहरि खतिवडाले तीनकुनेमा गएको चैत्र १५ गतेको प्रदर्शनबाट भएको घटनाको भत्र्सना गर्ने निर्णय भएको बताउनुभयो । घटनाको आवश्यक छानबिन गरी दोषीमाथि कानूनी कारबाही अघि बढाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ ।

समितिले सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक बजेटका लागि व्यवस्था गर्न पनि निर्देशन दिएको छ । चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो ।तीनकुने क्षेत्रमा विरोध प्रदर्शन, धर्ना, सभा गर्न अनुमति नदिन संसदीय समितिको निर्देशन

काठमाण्डौ । काठमाण्डौको तीनकुने आसपासका क्षेत्रमा कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्नालगायतका कार्यक्रम गर्न अनुमति नदिन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले तीनकुने आसपासका क्षेत्रमा अब कुनै पनि प्रकारका सभा, विरोध प्रदर्शन, धर्नालगायतका कार्यक्रम गर्न अनुमति नदिन सरकारलाई निर्देशन दिएको हो ।

समितिका सभापति रामहरि खतिवडाले तीनकुनेमा गएको चैत्र १५ गतेको प्रदर्शनबाट भएको घटनाको भत्र्सना गर्ने निर्णय भएको बताउनुभयो । घटनाको आवश्यक छानबिन गरी दोषीमाथि कानूनी कारबाही अघि बढाउन नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र गृह मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ ।

समितिले सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न बनाउन आवश्यक बजेटका लागि व्यवस्था गर्न पनि निर्देशन दिएको छ । चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा एक पत्रकारसहित दुई जनाको ज्यान गएको थियो ।