सरकार संविधानको कोर्ष अनुसार चलेको छैनः नेता गुरुङ

oplus_1024

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का महासचिव देव प्रसाद गुरुङले केपी ओली नेतृत्वको सरकार संविधानको कोर्ष अनुसार नचलेको आरोप लगाएका छन् ।

वीरेन्द्रनगर सुर्खेतमा शुक्रवार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता गुरुङले यस्तो आरोप लगाएका हुन् । सरकार तानाशाही प्रवृद्धि अनुसार चलेको भन्दै उनले पछिल्लो समय सरकारकै कारण देशको अबस्था जटिल बन्दै गएको बताए ।

प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टचार विरुद्व चलाएको अभियानलाई अहिलेको सरकारले रोकेर विचौयालाईहरुको संरक्षण गरेको भन्दै उनले केपी ओली नेतृत्वको सरकारले एक आपसमा द्वोन्द सिर्जना गर्नु बाहेक अरु केहि काम गर्न नसेको आरोप लगाए ।

‘सरकारको फाँसिवादी नीतिका कारण अहिले शिक्षकहरुको आन्दोलनलाई सरकारले निशेध तिर लगेको भन्दै उनले शिक्षा मन्त्रालयलाई आफ्नो क्षेत्राधिकार अनुसार काम गर्न नदिदा अहिलेको शिक्षा मन्त्रीले राजिनामा दिनु परेको स्पष्ट बताए ।

‘शिक्षक र चिकित्सकहरुले उठाएका मागहरु सरकारले चाहेको खण्डमा सामान्य तरिकाले पुरा गर्न सकिने भए पनि सरकार शिक्षक र चिकित्सकहरुलाई निषेध गर्न तिर लागेको छ,’नेता गुरुङले भने,‘सरकारको यस्तो काम कार्वाहीले गर्दा जनतामा निराशा छाएको छ ।’

पछिल्लो समय विद्युत प्राधिकरण,त्रिभुवन विश्वविद्यालय,चिकित्सक र शिक्षकहरुको मागका सन्दर्भमा सरकार विचौलियाको भरमा चलेको भन्दै उनले अहिलेको सरकार जतिखेर पनि जस्तो सुकै कदम चाल्न सक्ने अबस्था रहेको आसंका व्यक्त गरे ।