कर्णालीको सिको गर्दै लामाले भने ‘नेपालमा कराँते खेल विकासको लागि ५ ‘प’को निति आवश्यक छ’

फाइल फोटो

सुर्खेत । राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव एवं नेपाल कराँते महासंघका अध्यक्ष युवराज लामाले कर्णाली खेलकुद विकास परिषद्ले खेल विकासको लागि अबलम्बन गरेको ५ ‘प’को सिको गर्दै कराँते खेलको समग्र विकासको लागि ५ ‘प’ को निति लागू गर्नु पर्ने बताएका छन् ।

मंगलवार सामाजिक संजाल आफ्नो आधिकारिक फेसबुक मार्फत एक स्टाटस लेख्दै लामाले ५ ‘प’ अर्थात प्रशिक्षण, प्रतियोगिता,प्रतिभाको पहिचान,प्रोत्साहन पुरस्कार,पूर्वाधार विकास लागू गर्नु पर्ने उल्लेख गरेका हुन् ।

उनले अगाडी लेखेका छन् ‘नेपालको कराँते समग्र खेल विकासको लागि ५ ‘प’ को निति प्रयोग हुन जरुरी छ, ‘उनले ५ ‘प’ बारे प्रष्ट्याउदै लेखेका छन् प्रशिक्षण, प्रतियोगिता,प्रतिभाको पहिचान,प्रोत्साहन पुरस्कार,पूर्वाधार विकास गर्न आवश्यक छ ।’

स्मरण रहोस् कर्णाली प्रदेश खेलकुद विकास परिषद् गठन भए यता कर्णालीमा खेलकुद विकासको लागि ५ ‘प’को निति लिएको कर्णाली खेलकुद विकास परिषद्ले नेपाल कराँते महासंघमा पनि कर्णालीले अबलम्बन गरेको ५ ‘प’को निति लागू भएको देख्दा आफुलाई निकै खुसी लागेको कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव विश्वामित्र संज्यालले बताए ।

‘हामिले कर्णाली प्रदेशको खेलकुद विकासको लागि पहिलो पटक अबलम्बन गरेको ५ ‘प’को निति अर्थात प्रशिक्षण, प्रतियोगिता,प्रतिभाको पहिचान,प्रोत्साहन पुरस्कार,पूर्वाधार विकास दिर्गकालिन खेलकुल विकासको लागि अगाडी सा¥यौ तर वास्तबमा नेपालको सबै खेलको लागि यो निति आवश्यक रहेछ भन्ने अहिले प्रमाणित भएको छ, ‘सदस्य सचिव संज्यलाले भने,’ ‘अहिले सम्म नेपालमा खेल विकासको लागि थुप्रै योजना बने पनि अब नेपालले कर्णालीबाट खेलकुद विकासको ५ ‘प’को निति सिकेको छ ।’

पछिल्लो समय ५ ‘प’ अर्थात प्रशिक्षण, प्रतियोगिता,प्रतिभाको पहिचान,प्रोत्साहन पुरस्कार,पूर्वाधार विकास मध्ये कर्णालीमा २ ‘प’ अर्थात प्रोत्साहन पुरस्कार,पूर्वाधार विकास लागू भईसकेको उनले बताए । बाकि रहेका ३ ‘प’ अर्थात प्रशिक्षण, प्रतियोगिता,प्रतिभाको पहिचान आउने १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा पूर्ण रुपमा कार्यान्वयनमा आइसक्ने र १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा दुईृ अंक अर्थात ९९ को लक्ष्य लिई कर्णालीले तयारी थालेको समेत बताए ।

लामाले फेसबुकमा लेखेको ५ ‘प’को निति बारे लेखेको स्टाटस