सुर्खेत । कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेकपा माओवादी केन्द्रका नेता महेन्द्र बहादुर शाहीको फेसबुक पेज ह्याकरको कब्जामा गएको छ ।
कर्णाली प्रदेशको मुख्यमन्त्री हुने बेला देखि संचालनमा आएको उक्त फेसबुक पेज सेक्रेटरिएट अफ इएक्स चिफ मिनिस्टार कर्णाली प्रोभिन्स नामबाट संचालनमा आएको उक्त फेसबुक पेज केहि दिन अगाडीबाट ह्याकरको कब्जामा गएको पूर्व मुख्यमन्त्री शाहीको निजि सचिवालयले जानकारी दिएको छ ।
पछिल्लो समय उक्त पेसबुक पेजबाट अस्लील फोटोहरु पोष्ट हुदै गएको र ह्याकरको कब्जाबाट फिर्ता ल्याउनको लागि प्रयास गरिए पनि सफल हुन सकिरहेको छैन ।
पूर्व मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले उक्त फेसबुक पेज ह्याकरको कब्जामा गएकोले उक्त पेजबाट पोष्ट भइरहेका अस्लील फोटोहरुले सामाजिक रुपमा नकरात्मक असर पार्ने भन्दै फेसबुक पेज रिकभरको लागि प्रयास भइरहेकोले अन्यथा नबुझ्न सबैमा अनुरोध गरेका छन् ।
झिल्को खबर । २३ चैत्र २०७९, बिहीबार २२:३०