आमा बन्दै श्वेता खड्का

अभिनेत्री श्वेता खड्का आमा बन्ने भएकी छिन् । उनको गर्भमा अहिले ६ महिनाको सन्तान हुर्किरहेको उनले जानकारी दिइन् । उनका अनुसार कात्तिकको अन्त्यतिर चिकित्सकले डेलिभरी डेट दिएको छ ।

गर्भवती भएदेखि श्वेता बनस्थलीस्थित माइती घरमा बसेर आराम गरिरहेकी छन् । ०७७ मंसिर २२ गते उनले ब्यवसायी विजयन्द्र सिंह रावतसँग विवाह गरेकी थिइन् । बिहे भएको डेढ वर्षपछि श्वेता आमा बन्ने भएकी हुन् ।