
सुर्खेत । जुम्लामा भ्यान दुर्घटना हुँदा चालक सहित दुई जना गम्भीर घाइते भएका छन्। बुधबार दिउँसो २ बजेतिर दुर्घटना भएको हो।
नाग्मा बजारदेखि जुम्ला बजार आउने क्रममा भ्यान दुर्घटना भएको थियो। कर्णाली राजमार्ग अन्तर्गतको जुम्लाको तिला गाउँपालिका–१ मा पर्ने गाडगोडेनी भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक रोहित रसाइलीले बताए।
क १ ज ३७ नम्बरको भ्यान दुर्घटना भएको प्रहरीले जनाएको छ। भ्यान अनियन्त्रित भई सडकबाट करिब २ मिटर तल तिला नदिमा खसेको थियो। घाइते हुनेमा जुम्लाको तातोपानी गाउँपालिका–५ लाम्रा गाउँका अन्दाजी २० वर्षिया चालक दिनेश नेपाली र जुम्लाको हिमा गाउँपालिका–६ पाथरखोला गाउँका ५५ वर्षका धनराज अधिकारी रहेका छन्।
झिल्को खबर । २ जेष्ठ २०८२, बिहीबार १९:४१