विद्यार्थीहरुको शैक्षिक गुणस्तर मजबुद बनाउन‘असल अभिभावक अभिमुखीकरण तालिम’ सम्पन्न

सुर्खेत । होराइजन एकाडेमी सुर्खेतको आयोजनामा सोमवार ‘असल अभिभावक अभिमुखीकरण तालिम’ सम्पन्न भएको छ ।

विद्यार्थी, शिक्षक र अभिभावकको सम्बन्धलाई बलियो बनाउनका साथै विद्यार्थीहरुको शैक्षिक गुणस्तरलाई मजबुद बनाउन विद्यालयले यो तालिमको आयोजना गरेको विद्यालयका प्रधानाध्यापक धनश्याम खड्काले बताए ।

बिद्यालय र अभिभावकबीच सहकार्य बिस्तार गर्ने, बिद्यालयको नीति योजना र अपेक्षा बारे जानकारी दिने उदेश्यले आयोजना गरिएको उक्त तालिममा विद्यालयका प्रधानाध्यापक घनश्याम खड्काले विद्यालयको बार्षिक कार्य योजनाबारे जानकारी दिनुका साथै विद्यालय सुधारका लागि अभिभावकले खेल्नु पर्ने भुमिकाका बारेमा प्रष्ट्याएका थिए ।

‘विद्यार्थीहरुको लागि पहिलो स्कुल घर हो । विद्यार्थीहरुलाई असल अनुशासनमा बसाल्न सबैभन्दा ठुलो भुमिका अभिभावकको हुँन्छ ।,’प्रधानाध्यापक खड्काले भने,‘विद्यार्थीहरुको सम्पूर्ण जिम्मेवारी स्कुललाई मात्र दिनु हुँदैन घरमा आफुले पनि आफ्ना नानीबाबुहरुको हेरचाहाँ गर्नु प¥यो ।’

पछिल्लो समय अभिभावकहरुले आफ्नो बच्चाहरुलाई पढाईको लागि मानसिक रुपमा तनाब दिने गरेको भन्दै प्रधानाध्यापक खड्काले एक बच्चाबाट धेरै कुराको आस गर्नु भन्दा बच्चाको प्रतिभाको पहिचान गरि उसलाई प्रेरणादायी भुमिका खेल्न आवश्यक भएको बताए ।

अहिलेको पुस्तामा आफुले चाहेको बच्चा भन्दा बच्चाले चाहेको अभिभावक बन्न सक्षम हुँनु पर्ने भन्दै उनले बच्चाहरुलाई मानसिक रुपमा असर पर्ने काम गर्न नहुँने बताए । ‘अहिले हामिले बच्चा किताव मात्र पढोस् र धेरै जिपिए ल्याओस् भन्ने चाहान्छौ तर बच्चाको प्रतिभालाई ध्यान दिदैनौ,’प्रधानाध्यापक खड्काले भने,‘आफु जति व्यस्त भए पनि बच्चाहरुलाई समय दिएर बच्चाहरुको मनाभावनालाई अभिभावकले कदर गर्नु पर्छ ।’

उक्त तालिममा अभिभावकहरुले विद्यालय सुधारका लागि विभिन्न सुझाव दिएका थिए भने विद्यालयले अभिभावकका सुझावहरुलाई व्यवारिक रुपम कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएको थियो ।