
सुर्खेत । भारतको हिमाञ्चल प्रदेशको सिमलामा रोजगारीका लागि बस्दै आएका हुम्लाका एकै परिवारका तीन जना बेपत्ता भएका छन्।
अदानचुली गाउँपालिका–६, पाल्सका एक महिला र उनका दुई सन्तान बेपत्ता भएका हुन्। उनीहरू पाँच दिनदेखि बेपत्ता छन्। हुम्लाको अदानचुली गाउँपालिका–६, पाल्स गाउँकी २२ वर्षीय मङ्गली लोहार टमाटा र उहाँका दुई छोरा सात वर्षका सौरभ लोहार र तीन वर्षका सुभाष लोहार असार ८ गते आइतबार बिहान ७ः३० बजे डेराबाट सम्पर्कविहीन भएको श्रीमान् मेलेबहादुर लुहारले बताए।
श्रीमान् मेलेका अनुसार मङ्गली त्यस दिन दुई छोराहरू लिएर एकछिन बाहिर जान्छु भनेर घरबाट निस्केको अहिलेसम्म फर्किकी छैनन्। हालसम्म उनीहरूको अवस्था अज्ञात छ र खोजी कार्य जारी रहेको जनाइएको छ। बेपत्ताको खोजीका लागी नेपालमा रहेका मङ्गलीका देवर हर्कलाल लोहारले सबैमा सहयोगको अपिल गरेका छन्।
उक्त परिवार सात महिनाअघि रोजगारीका लागि भारत गएको थियो। श्रीमान् लोहार सिमलामै छन्।
झिल्को खबर । १३ असार २०८२, शुक्रबार ०८:५१