सुर्खेत । असोज २८ देखि कार्तिक ३ गते सम्म गण्डकी प्रदेशको पोखरामा हुने नौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कर्णाली प्रदेशमा महिला क्रिकेट खेलाडीहरु छनौटमा अन्तर प्रदेशबाट कर्णाली प्रदेशको लागि महिला क्रिकेट खेलाडीहरु छनौट भएको भनि सामाजिक संजालमा गरिएको प्रचारबारे क्यान सुर्खेतका अध्यक्ष श्रीधर केसीले हल्ला सत्य भए पनि बास्तविकता हल्ला गरे जस्तो नभएको बताएका छन् ।
कर्णाली प्रदेशमा महिला क्रिकेट खेलाडीहरुको अभाव भएका कारण कर्णाली यो पटक नौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि केहि खेलाडीहरु बाहिरबाट ल्याउनु पर्ने बाध्यता रहेको अध्यक्ष केसीले बताए । उनले अहिले बाहिरबाट छानिएका महिला क्रिकेट खेलाडीहरु बसोबास अन्तर प्रदेशमा भए पनि उनिहरु लामो समय देखि कर्णाली प्रदेशको तर्फबाट खेल्दै आएका हुनाले यो पटकको खेलमा पनि समेट्नु पर्ने बाध्यता भएको बताए ।
क्यानको संरचनामा अहिले पनि सुर्खेत जिल्ला लुम्बिनीसँग रहेको भन्दै अध्यक्ष केसीले क्यानको नियममा अन्तर प्रदेशबाट समेत खेल्न पाउने भएकाले शुरु देखि नै अहिले छनौट भएका खेलाडीहरु कर्णाली प्रदेशबाट खेल्दै आएकोले आफुहरुले खेलाडीको अभाव पुर्ति मात्रै गरेको बताए । उनले अहिले छनौट भएका खेलाडीहरु पनि सुर्खेत क्यानको फुकुवा पत्र नहुन्जेत अन्तर प्रदेशबाट खेल्न नपाउने भएकाले कर्णालीका खेलाडीको अभाव हुदा हुदै उनिहरुलाई सुर्खेत क्यानले बाहिर नपठाएको उल्लेख गरे ।
‘कर्णालीका खेलाडीहरु छुटाएर बाहिरको खेलाडीहरु ल्याएको भए हाम्रो कमजोरी हुन्थ्यो तर हामिले कर्णालीको अभावलाई पुर्ति मात्रै गरेका हौं,’ ‘अध्यक्ष केसीले भने,’ ‘आउने दिनमा कर्णालीमै खेलाडीहरु उत्पादन गरेर बाहिरका खेलाडी नल्याउने योजनामा छौ,।’
पछिल्लो समय क्यानले कर्णालीमा कालिकोट, दैलेख, पश्चिमरुकुम,सल्यान र सुर्खेतलाई मात्रै मान्यता दिएको छ । यी मध्ये सुर्खेत सबैभन्दा पुरानो मान्यता प्राप्त जिल्ला हो सुर्खेतले मान्यता पहिला पाए पनि खेलाडीहरु उत्पादन गर्न नसकेका कारण अहिले बाहिरबाट खेलाडी ल्याउनु पर्ने बाध्यता आइलागेको अध्यक्ष केसीको भनाइ छ ।
झिल्को खबर । ७ आश्विन २०७९, शुक्रबार १३:२६