कर्णालीका बम सहित ३ जनालाई राष्ट्रिय प्रतिभा पुरस्कार

सुर्खेत । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रत्येक बर्ष दिदै आएको विभिन्न विधाको राष्ट्रिय प्रतिभा पुरस्कार तथा सम्मान कर्णालीबाट यो बर्ष साहित्यकार एवं राजनीतिज्ञ मोतिराज बम सहित ३ जनाले पाउने भएका छन् ।

विहिवारको मन्त्री स्तरको निर्णयले विभिन्न विधा समेटिने गरी कर्णालीबाट संस्कृति विधा तर्फ कालिकोट पचालझरना वडा नं. ४ का स्थायी बासिन्दा साहित्यकार मोतिराज बम सहित ३ जनालाई प्रतिभा पुरस्कार तथा सम्मान गरिने मन्त्रालयले जनाएको छ ।

अन्य विधातर्फ भाषा एवं साहित्य तर्फ सल्यानका समिर शाह (सल्यानी माइला), संगीत तथा नाट्या विधातर्फ रुकुमपश्चिमका तिलक परियार, ललितकला विधा तर्फ हुम्लाका थेकक्षेक तामाङ (चित्रकला हस्तकला)ले पाउने भएका छन् ।