यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता

काठमाण्डौ । चौंथोपटक एसीसी १६ वर्षमुनिको इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेको नेपाली टोली गएराति स्वदेश फर्किएको छ । नेपाली टोली ट्रफी लिएर राति फर्किएको हो ।

अस्ति शनिवार भएको फाइनल खेलमा खेलमा सिङ्गापुरलाई दुई विकेटले हराउँदै नेपालले उपाधि जितेको थियो । यसअघि नेपालले सन् २०१७, २०१९ र २०२३ मा उपाधि जितेको थियो ।