माओवादी केन्द्रको प्रमुख सचेतकमा शर्मा

सुर्खेत, नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलको प्रमुख सचेतकमा गोपाल शर्मा नियुक्त भएका छन् ।

रुकुम पश्चिमबाट निर्वाचित प्रदेश सभा सदस्य शर्मालाई नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता महेन्द्र बहादुर शाहीले विहिवार दलको प्रुमख सचेतकमा नियुक्ति गरेका हुन् । यो भन्दा अघि शाही मुख्यमन्त्री रहेका बेला शर्मा आर्थिक मामिला तथा योजना मन्त्री थिए ।