सुर्खेत। कालिकोट पचालझरना गाउँपालिकाको आर्थिक बर्ष २०८०÷८१ का लागि वार्षिक बजेट तथा कार्यक्रम सार्वजनिक भएको छ ।
गाउँपालिका अध्यक्ष देवराज शाही ‘अग्नी’ले निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपाध्यक्ष अल्किना बम ‘बबिता’ले बजेट प्रस्तुत गरेकी थिइन् गाउँपालिका अध्यक्ष देवराज शाही ‘अग्नी’ले आर्थिक बर्ष २०८०÷०८१ को लागि निति तथा कार्यक्रम प्रस्तुत गरे पश्चात पालिका उपाध्यक्ष अल्किना बम ‘बबिता’ले ३९ करोड ८२ लाख ३३ हजार ७ सय ९३ रुपैंयाको बजेट प्रस्तुत गरेकी थिइन् ।
यस्तै गाउँपालिका भित्र गुणस्तरीय नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई प्रोत्साहन गर्न सीई परिक्षामा उत्कृष्ट विद्याय, प्राधानाध्यापक र विद्यार्थीलाई शिक्षा दिवसको अबसरमा सम्मान समेत गरिने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ । निति तथा कार्यक्रम र बजेटको पूर्ण पाठ यस्तो छ ।
झिल्को खबर । ८ असार २०८०, शुक्रबार २१:०६