डा. रोकाया द्वारा लिखित ‘कर्णालीको मर्म’ पुस्तकमाथी परिचर्चा

सुर्खेत। डा.दिपेन्द्र रोकायाद्वारा लिखित ‘ कर्णालीको मर्म’ पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न गरिएको छ । आइतवार प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगर स्थित मध्यपश्चिम विश्वविद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरी पुस्तकबारे परिचर्चा गरिएको हो ।

‘कर्णालीको मर्म’ पुस्तकमाथि विभिन्न वक्ताहरुले परिचर्चा गरेका थिए । वाल रोग विशेषज्ञ एवं ‘सून्यको मुल्य’ पुस्तकका लेखक डा.नवराज के.सीले उक्त पुस्तक माथि समीक्षा गरेका थिए । पुस्तकको समिक्षा गर्दै डा.के.सीले ‘कर्णालीको मर्म’पुस्तक मार्फत लेखक डा. रोकायाले कर्णालीलाई सुन्दर तरिकाले प्रस्तुत गरेको बताए ।

‘कर्णाली के हो र हामी को हौ भन्ने विषयमा पुस्तकले राम्रो गरी बुझाएको छ भन्दै डा. केसीले कर्णालीको विराशत देखि वर्तमानसम्म आफ्नो अस्तित्व र इतिहास बारे बृहत चर्चा गरिएको उल्लेख गरे । कर्णालीको मानविय विकासको कुरालाई समेटेको भए झन सुन्दर देखिने थियो भन्दै उनले कर्णालीलाई बुझ्नको लागि यति मात्रले नपुग्ने भएकोले कर्णालीको बारेमा मैले पनि केहि जान्ने उदेश्य सहित म लेखकलाई प्रश्न गर्न चाहन्छु कर्णाली के हो ? यो पश्न लेखकलाई आउने दिनमा बाँकी छुटेका कुरा समेटिउन् भनेर गरेको हुँ उनले भने।’

‘डा.रोकाया दुई दशकयता मिसन पत्रकारिता, राजनीतिक खोज अनुसन्धान गर्दै आइकोले केन्द्रदेखि मोफसलसम्मको पत्रकारिता क्षेत्रमा देखिएको कमीकमजोरी हेर्ने ऐना पनि हुन् उनले भने,’ ‘पत्रकारिता जगतबाट भनिएका हरेक कुरालाई आम मानिसले आधिकारिक धारणा बनाउँछन्, डा. रोकायाले कर्णाली प्रदेशमै केन्द्रित भई कर्णालीको जाति, भाषा र साँस्कृतिक अवस्था लाई केलाएर आउनैपर्ने पुस्तक लेखेकोमा डा. केसीले लेखक रोकायालाई धन्यावद दिए।’

पुस्तक माथि परिचर्चा गर्ने वक्ताहरुले लेखक रोकायाले कर्णालीको हिजो लाई मात्र समेटेर एउटा पुस्तक र आज र भोलि गरेर अर्को पुस्तक लेखेको भए राम्रो हुने समान धाराणा राखेका थिए ।

मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर सिंहले परिवर्तनको मुल्यबोध भन्ने अध्यायमा डा. रोकायाले अत्यन्त काम लाग्ने यस्तो दृष्टि अघि सारेका बताए । आजसम्म पनि संवैधानिक कुटनीतिक क्षेत्र र विशिष्ट श्रेणीका पदहरुमा कर्णालीको मान्ठ भेटाउँन सकिदैन यस्ता धेरै गतिला कुरा पाठकले डा. रोकायाको यही किताबमा पाउँने बताए ।