देउडा गीत

सबैले सोच्याको पुगोस, लाग्यो नयाँ साल ।
जन्ताको बेहाल भैगो,क्याछ देशको हाल ?

जाड–रक्सी जुवा र तास बढ्यो भ्रष्टाचार ।
धन कमाउन कुर्सी पाउन, हुन्छ मारा–मार ।।

युवा जति बिदेश गया,गाउँ घर भयो खाली ।
फूल टिपि दलालले लैगो,काँछै फूलको माली ?

होला कि मनका जसो, पुग्ला कि सोच्याको ?
कुनै दिन अवस्य हुन्छ , जन्ताले खोज्याको ।।

सानो शक्ति ठुलो हुन्छ, शक्तिशाली झर्छ ।
दलालको भविस्य छैन, एक दिन मर्छ– मर्छ ।।

रचनाकार नेकपाका स्थाई समिति सदस्य हुन्