सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा यही शुक्रबार देखि दुई दिने युवा महोत्सव सुरु हुने भएको छ । महोत्सव सुर्खेत वीरेन्द्रनगरमा रहेको सिटी हलमा माघ ११ र १२ गते युवा महोत्सव हुने भएको हो ।
कर्णालीका युवाहरुलाई शसक्तिकरण गर्ने र कर्णालीका युवाहरुमा आशा जागृत गराउने उद्देश्यले महोत्सव गर्न लागेको महोत्सवका संयोजक हिमाल विष्टले बताए । विष्टका अनुसार कर्णालीका युवाहरुलाई मंच दिने र कर्णालीका युवाहरुमा भएको प्रतिभालाई बाहिर ल्याउने उदेश्यले कर्णाली युवा महोत्सव आयोजना हो ।
कार्यक्रमका प्रमुख सल्लाहकार भूपेन्द्रजंग शाहीले फेस्टिभलले कर्णालीका युवाहरुको सशक्तीकरणमा टेवा पु¥याउने विश्वास व्यक्त गरे । उनका अनुसार महोत्सव स्थानीय, कला, संस्कृतिको संरक्षण, सामाजिक, आर्थिक विकास, उद्यमशीलता, युवा नवप्रवर्तन र कला सीप, युवाका सम्भावना, युवा प्रतिभा प्रस्तुति लगायतका विभिन्न विषयमा केन्द्रित रहने छ ।
युवाका विचार, सम्भावना र युवालाई सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रम गर्न लागिएको शाहीको भनाइ छ ।
झिल्को खबर । ९ माघ २०८१, बुधबार १९:०५