कालिकोट पलाँताका दुर्गम गाउँमा पुग्यो संचार सेवा

सुर्खेत । कालीकोट पलाँता गाउँ पालिकाको दुर्गम गाउँ वडा नं. ४ देखि ६ सम्मका वडाहरुमा संचार सेवा पुगेको छ ।
जिल्लाकै दुर्गम क्षेत्रका रुपमा चिनिदै आएको पलांता गाउँ पालिका वडा नं.४ छलाह,वडा नं.५ खिन र वडा नं.६ नेटा तथा उखाडीका गाउँहरुमा संचार सेवा पुगे पश्चात स्थानियबासीमा खुसीयाली छाएको गाउँपालिका प्रबक्ता तिलक बुढाले जानकारी लिए ।

उक्त ठाउँमा विगतमा टावर नहुँदा गाउँहरु संचार विहिन बनेका थिए । गाउँपालिका प्रबक्ता एवं वडा अध्यक्ष तिलक बुढाको पहलमा नेपाल टेलिकमको निर्माण भएसँगै हिजो आज मोबाइल तथा वाइफाइको चल्न थालेको छ ।
उक्त टावर निर्माणले पलाँता गाउँपालिकाका अति दुर्गम क्षेत्र र जुम्ला सिमा नजिक जोडिएका गाउँहरुका स्थानियहरुलाई समेत यसले सहज भएको छ । पलांता गाउँ पालिकाका प्रबक्ता तथा वडा नम्बर ४का अध्यक्ष तिलक बुढाले लामो समयको प्रयास पछि उक्त स्थानमा टावर सुचारु गर्न सफल भएको बताउदै यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन ।

पलांता गाउँ पालिकामा हाल राडुनेटामा नेपाल टेलिकमको टावर भएपनि सहजता ल्याउन नसकिएको अवस्थाम रिज्जेवमा निर्माण भएको टावरले संचार क्षेत्रमा सहजता ल्याउन सफल भएको अध्यक्ष बुढाले बताए । टावर निर्माणमा नेपाल टेलिकम बबरमहल काठमाडौको टोलिको नेतृत्व गर्दै प्रेम क्षेत्री लगायतले दिनरात खटियर टावर निर्माण गरेको स्थानिय हरिष विकले जानकारी दिए ।

पलाता गाउँ पालिका अध्यक्ष विष्णु बहादुर रोकायाले अब पलाता गाउँ पालिकाका सबै वडाहरुमा सँचार सेवाको पहुँच कायम भएको बताउदै निर्वाचन ताका जनतामा गरेको प्रतिवद्धताहरु पुरा हुँदै गएको बताएका छन ।