
सुर्खेत — कर्णाली प्रदेशसभाले दलित सशक्तीकरणका लागि व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बिहीबार बसेको २३ औँ बैठकले दलित सशक्तीकरणका लागि व्यवस्था गर्न बनेको विधयेक सर्वसहमतिले पारित गरेको हो ।
कर्णाली प्रदेश प्रमुखबाट प्रमाणीकरण भएपछि कार्यान्वयनमा जानेछ । दलित समुदायमाथि हुने छुवाछुत तथा जातीय भेदभाव जस्ता असमान व्यवहारलाई अन्त्य गर्दै दलित समुदायको मानव अधिकारको संरक्षण र सामाजिक न्यायको सुनिश्चितता गर्न विधेयक ल्याइएको हो ।
तत्कालीन सामाजिक विकासमन्त्री वीरबहादुर शाहीले २७ जेठ २०८१ मा उक्त विधेयक प्रदेशसभामा पेस गरेका थिए ।
झिल्को खबर । ८ चैत्र २०८१, शुक्रबार ०८:२५