शिक्षा मन्त्रीमा रघुजी पन्त नियुक्त, शपथ बिहीबार

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा नेकपा एमालेका सांसद रघुजी पन्त नियुक्त भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई मन्त्रीमा नियुक्त गरेका हुन्।

प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंले जानकारी दिएअनुसार पन्तको शपथग्रहण भोलि बिहीबार हुने तय भएको छ।

संविधान अनुसार मन्त्रीको नियुक्ति प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट हुने प्रावधान छ । प्रधानमन्त्रीले सिफारिस राष्ट्रपति समक्ष गरिसकेका छन्।

पूर्वमन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि रिक्त रहेको मन्त्रालयको जिम्मेवारी पन्तलाई दिइएको हो। पन्त नेकपा एमालेका स्थायी कमिटी सदस्य र प्रतिनिधिसभाका सांसद हुन्।