डोल्पाका शाही बने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री

फोटो हेमन्त केसी

सुर्खेत, कर्णाली प्रदेशको रिक्त रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा डोल्पाबाट निर्बाचित प्रदेशसभा सदस्य बीरबहादुर शाही नियूक्त भएका छन् ।

प्रदेश प्रमुख तिलक परियारले शाहीलाइ पद तथा गोपनियताको सपथ खुवाएसँगै शाही मन्त्रीमा नियूक्त भएका छन् । गैरसंसद कार्चेन लामाको ६ महिने कार्यकाल सकिएपछि शाहीलाइ आज नियूक्त गरिएको हो ।