सोमवार रातीको हावाहुरीले सुर्खेतका विभिन्न ठाउँमा क्षती, यस्तो छ विवरण

फाइल तस्बिर ।

सुर्खेत । सोमवार राती आएको हावाहुरीले सुर्खेतका विभिन्न ठाउँमा क्षतीमा पु¥याएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार करिब राति १०ः०० बजे आएको पानी तथा हावाहुरीको कारण वीरेन्द्रनगर नगरपालिका २ भुरेली स्थित बिष्णु सिंखडाको टिनले छाएको तीन कोठे कच्ची घरको छाना उडाई लगेको र बिष्णुकी ५० बर्षिया श्रीमती दुर्बता सिंखडा घाइते भएकी छन् ।
ईट्टा तथा टिनले शरिरको बिभिन्न भागमा चोट लागेको अबस्थामा घाइते सिंखडालाई आज विहान ८ बजे बागेंसिमल प्रहरी चौकीबाट खटिएको टोलिले उनलाई प्रदेश अस्पताल सुर्खेतमा उपचारको लागि लगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार वीरेन्द्रनगर नगरपालिकाकै वडा नं. २ रेडियो नेपाल नजिक अशोक के.सी.को घर छेउमा निर्माण सामाग्री राख्न बनाएको जस्ता पाताले छाएको रडले बनाएको ट्रस रड सहित छाना (पुरै) उडाई लगेको छ भने यता वीरेन्द्रनगर न.पा. ९ काँक्रेबिहार स्थित लाटिकोईलीबाट काँक्रेबिहार तर्फ जाने भित्री बाटोमा २÷३ वटा रुख र १ वटा बिजुलीको पोल ढली बाटो समेत अबरोध भएको छ ।

यता पूर्वी सुर्खेतको भेरीगंगा नगरपालिका १० का बिजय परियारको एक तल्ले जस्ताले छाएको घरको छाना पुरै उडाएको र क्षतीको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।