
सुर्खेत । नेकपा माओवादी केन्द्र निकट युवा सङ्गठन योङ्ग कम्युनिस्ट लिग(वाईसीएल)को अध्यक्षमा पुष्प ओली र सहासचिवमा कालिकोटका गणेश शाही ‘विद्रोही’ सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रबार वाईसीएलको तेस्रो राष्ट्रिय सम्मेलनबाट ओली अध्यक्षमा र शाही महासचिवमा सर्वसम्मत निर्वाचित भएका हुन् ।
निवर्तमान अध्यक्ष सुबोध शेर्पालीले नदोहोरिने घोषणा गरेपछि भावी नेतृत्वका लागि ओलीसहित केहरसिंह कुँवर, नवराज ऐर, गणेश शाही, डम्बर पुलामी, ठाकुर सौराग लगायत आकाङ्क्षी थिए । अध्यक्ष र सहासचिव सर्वसम्मत गरे पनि अन्य पदमा घोषणा हुन बाँकी रहेको वाईसीएलका एक नेताले भिल्को खबरलाई बताए ।
अध्यक्ष ओली र सहासचिव शाही माओवादी जनयुद्धकालमा जनमुक्ति सेनामा रहेर काम गरेका पुराना युवा नेताहरुमा पर्दछन् । माओवादी जनयुद्धकालमा धेरै जसो युद्ध मोर्चामा सहभागि भएका महासचिव गणेश शाही माओवादी जनयुद्ध कालको अन्तिम फौजि अभियान ‘ढाडमा टेकेर टाउको’मा हान्ने पार्टीको प्रत्याक्रमण रणनीतिक योजना अन्तर्गत गण्डक अभियानमा समेत सहभागि भएका विद्रोही नेता हुन् ।
कर्णालीबाट अध्यक्षमा शसक्त दावी गरेका कालिकोटका गणेश बहादुर शाही ‘विद्रोही’ले पार्टीले सहमतिमा नेतृत्वको छनौट गरेपछि महासचिवमा सर्वसम्मत भएका हुन् ।
झिल्को खबर । २४ जेष्ठ २०८२, शुक्रबार २१:५५